काठमाडौं, ८ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नामाकरण र राजधानीमा सहमति जुटिसकेको बताएका छन् । उनले मंगलबार गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवागत गर्दै सहमति भएको बताएका हुन् ।
पौडेलले काठमाडौं उपत्यकाबाहिर राजधानी रहने संकेत गरे । तर, कुन स्थानमा राजधानी बनाउने प्रष्ट पारेनन् । पौडेल हेटौंडामा राजधानी बनाउने पक्षमा छन् । उनको गृहक्षेत्र हेटौडा हो ।
राजधानी वागमती रहने सम्भावना रहेको बुझिएको छ । अन्य विकल्प प्रस्तुत गरिएपनि खाका तयार भइसकेको छ । तर, त्यसबारे खुलासा भइसकेको छैन ।-File Photo