Logo

भारतीय राजदुत पुरीद्वारा प्रधानमन्त्री ओलीसँग विदाई भेट



काठमाडौं, ८ पुष । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरी आफ्नो तीन वर्षै कार्यकाल समापन गरेर यही पुष १५ गते भारत स्वदेश फर्किँदैछन् । तर, त्यो भन्द अघि उनले नेपालका विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । राजदुत पुरीले पछिल्लो हप्ता लगातार शीर्ष नेताहरुसँग विदाई भेटवार्ता गरिरहेका छन् ।

उनको विदाईमा राजपा नेपालले त विदाई भोज नै आयोजना गरेको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा राजदुत पुरीको विदाई भोजको आयोजना गरेका थिए । आजमात्रै पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गरेका छन् । भेटको अवसरमा ओलीले राजदुत पुरीलाई करुवा उपहार दिएका थिए।



प्रतिक्रिया दिनुहोस्