Logo

कांग्रेस र राजपासँग मिलेर उपेन्द्र यादवले आन्दोलन गर्ने



काठमाडौं, ८ पुष । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अब कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । संविधान संशोधनलगायतका दुई बुँदे माग पूरा नगरेको भन्दै समाजवादी पार्टीले आजबाट सरकार छोडेको छ । समाजवादी पार्टीबाट उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राई सरकारमा सहभागी थिए । आज संसदीय दलको बैठक बसेर समाजवादी पार्टीले सरकार छोडेको जनाएको छ ।

अध्यक्ष यादवले भने सरकारको समर्थनपनि फिर्ता गरेर संघर्षमा जाने घोषणा गरेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् को लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले संघर्षमा जाने बताए । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध संघर्ष गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्