मुम्बई, पुस ९ । सन् २००५ रिलिज भएको फिल्म ‘बन्टी और बबली’ को सिक्वेल बनाउने कुरा लामो समयसम्म चर्चामा रह्यो। हालै यशराज फिल्म्सले ‘बन्टी और बबली–२’ को घोषणा गरेको छ। फिल्मको सिक्वेलमा सिद्धान्त चतुर्वेदी र सरवरीको जोडी लिड रोलमा देखिनेछन्। यही फिल्ममा रानी मुखार्जी र सैफ अली खान पनि इन्ट्री भएका छन्।
फिल्ममा सैफ र रानी सिनियर ठगको भूमिकामा देखिनेछन्। ‘बन्टी और बबली–२’ मा सैफले अभिषेक बच्चनलाई रिप्लेस गरेका छन्। रानी र सैफ ११ वर्षपछि एक साथ देखिँदैछन्। उनीहरूको पछिल्लो फिल्म २००८ मा आएको ‘थोडा प्यार थोडा म्याजिक’ हो। ‘बन्टी और बबली– २’ को निर्देशन वरुण शर्माले गर्दैछन्।
यो फिल्मका कारण रानी र सैफ काफी उत्साहित छन्। यो फिल्मका लागि अभिषेक बच्चन निर्माताको पहिलो प्राथमिकतामा थिए तर अभिषेकले फिल्ममा काम गर्न अस्वीकार गरे। त्यसपछि रानीसँग सैफको जोडी बन्यो। सैफले यो फिल्मसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन्। एजेन्सी