काठमाडौं, ९ पुस । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री समक्ष राजिनामा दिएको छ । उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी गराएको हो ।
समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादबले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको राजिनामा पत्रमा उल्लेख गरिएको छ । यसैबीच समाजवादी पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री मोहमद इश्तियाक राईले पनि पदबाट राजिनामा दिएको छ । उनी शहरी विकास मन्त्री थिए ।
गोरखापत्र दैनिकबाट