काठमाडौं, ९ पुस । भक्तपुरको सूर्य्विनायकमा आजबाट वातावरणीय सचेतना अभियान प्रारम्भ गरिएको छ । ‘सडकदेखि सदनसम्म’ नारा दिइएको अभियान विश्व भूमि संस्थाले सुरु गरेको हो ।
अभियानअन्तर्गत् स्थानीय मठ–मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई फोहोर व्यवस्थापनसम्बन्धी जानकारी गराइएको थियो । प्रत्येक व्यक्तिले आफू वरपरको वातावरणलाई सफा राख्न सहयोग गरे धेरै हदसम्म वातावरण प्रदूषण कम हुने अध्यक्ष होमबहादुर कार्कीले बताए ।
अभियानलाई थप प्रभावकारी बनाउँदै अरु क्षेत्रमा पनि विस्तार गर्दै लैजाने आयोजक संस्थाले जनाएको छ । अभियानका क्रममा परम्परागत धरोहरहरुको संरक्षण गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको थियो ।
कार्कीको नेतृत्वमा केही हप्ता अघिमात्रै पार्टीसमेत घोषणा गरिएको थियो । उक्त पार्टीको मुख्य उद्देश्य भनेको नै धर्म, संस्कृति जोगाउनु रहेको छ ।