Logo

पूर्वलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य



काठमाडौँ, १० पुस। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको मेचीनगर धुलाबारीमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गरे। उद्घाटन समारोहलाई भव्य बनाउने क्रममा हेलिकप्टरबाट पुष्पवर्षा गराउनका साथै यस क्षेत्रका विभिन्न जनजातिको झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

आगामी पुस १७ गतेसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका गरी १९० स्टल राखिएका छन् । सो अवसरमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हेलिकप्टरबाट झापा तथा छिमेकी जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराइने आयोजक समिति मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।  महोत्सवमा स्वदेशी उत्पादन, खाद्य परिकार, मिल मेसिनरी उत्पादन, कृषि उत्पादन, शिक्षा पर्यटन, शिक्षा र सेवासम्बन्धी स्वदेशी तथा विदेशी सामग्रीको प्रदर्शन, बिक्री तथा प्रवद्र्धन गरिने आयोजक समितिका संयोजक भूमि पौड्यालले बताए । महोत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई आगामी १० वसाथ तयारी थालेको बताए । प्रदेश १ का विश्वकै अग्लो हिमाल सगरमाथादेखि लिएर देशकै होचो कचनकवल, विश्वकै होचो अरुण उपत्यकासमेत यसै प्रदेशमा रहेको भन्दै यसै भ्रमण वर्षमा समेत कम्तीमा पाँच लाख पर्यटक प्रदेशले भिœयाउने गरी तयारी र प्रचार थालिएको जानकारी दिए । भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले २० करोडको कोष स्थापना गरेर अगाडि बढेको जानकारी दिए ।

हाल बङ्गलादेशमा नेपाली उत्पादन निर्यातमा बढी कर लगाइएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा ठूलो परिणामको निर्यात व्यापार हुन नसकिरहेको मन्त्री राईले बताए । उद्योग वाणिज्य सङ्घका प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्कालगायतले नेपालको सुदूरपूर्वी मेचीनगर नाकाबाट छिमेकी मुलुक बङ्गलादेश, भारत, चीन र भुटानबाट समेत हवाई तथा स्थल मार्गबाट प्रसस्त पर्यटक भिœयाउने र स्वदेशी कृषि तथा अन्य सामग्रीको आयात निर्यात गरिसक्दो फाइदा लिन सरकारले सक्दो कूटनैतिक पहल थाल्न सुझाव दिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्