काठमाडौं, पुस १० । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्।
संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो।
उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्।
शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भएकाले आजनै उपसभामुखज्यूले राजीनामा दिने तयारी भएको स्रोतको दाबी छ। यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सभामुखको पद रिक्त रहेको छ ।