काठमाडौं, पुस १० । अन्नपूर्ण सुगर मिलले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नतिरेर मिल बन्द गर्ने तयारी गरेको छ । करिब १२ हजार उखु किसानको उखु क्रसिङ गरेको भुक्तानी नतिरेर अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले मिल बन्द गर्ने तयारी गरेका हुन् ।
किसानको भुक्तानी नै नबुझाएर मिल बन्द गर्ने तयारी थालेपछि किसान मर्कामा परेका हुन । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले मिलका सञ्चालक अग्रवालले सर्लाही र रौतहटका करिब १२ हजार किसानको करिब चार वर्ष देखिको ४० करोड रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको बताए । अध्यक्ष मैनालीले उखु भक्तानीका लागि पटकपटक सरकारलाई पहल गर्दा पनि सरकारले किसानलाई बेवास्ता गुसानो गरे । मैनाललीका अनुसार मिल सञ्चालकले हरेक वर्षको करिब ४र५ करोड गरेर हाल ४० करोड रुपैयाँ बाँकी छ ।
‘यसअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी र स्थानीय निकायसहितको रोहवरमा उखुको बक्यौता तत्काल भुक्तानी गराउने सहमति भएको थियो।। बक्यौता रकम असार मसान्त र नयाँ रकम कात्तिकसम्ममा भुक्तानी गरिसक्नुपर्ने सहमति भएको थियो । अहिले अन्नपूर्ण सुगर मिलका सञ्चालक बाँकी बक्यौता दिन नसक्न भनेर मिल नै बन्द गर्ने भएको छ । महासंघका अध्यक्ष मैनालीले भने, ‘किसानको करोडौँ रुपैयाँ भुक्तानी नगरे मिल नै बन्द गर्दासमेत सरकारले किसानका लागि कुनै पहल गरेको छैन ।राजधानी दैनिकबाट