Logo

विद्यार्थीलाई ६८ लाखको छात्रवृत्ति



भक्तपुर, पुस १० । भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई रु ६८ लाख ४६ हजार ७८ बराबरको छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्।

कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ विद्यार्थीलाई ४१ लाख रुपैयाँ दुई हजार ७९५ तथा ख्वप कलेज अफ इञ्जिनियरिङका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० विद्यार्थीलाई २७ लाख २५ हजार दुई सय ८३ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्