Logo

पैसा नलाग्ने दुबई जान पाँच लाख 



काठमाडौं, पुस १० । वैदेशिक रोजगारीमा जाने युवाले एक–डेढ लाख रूपैयाँ असुल गर्ने गरेको धेरैले सुन्दै आएका हुन्। २०७२ जेठ २६ मा सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रूपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरे पनि त्यति रकम बुझाएर विदेश जाने मान्छे भेट्न मुस्किल छ।

निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नहुँदै अघिल्लो वर्ष मलेसिया, संयुक्त अरब इमिरेट्स युएई जस्ता गन्तव्य मुलुक जाने कामदारसँग एक सुको पनि लिन नपाउने गरी सरकारले अर्को पूरक निर्णय ग¥यो। रोजगारदाताले सम्पूर्ण खर्च बेहोर्नुपर्ने निर्णय सरकारले गरे पनि युएई पठाउन म्यानपावरले प्रतिव्यक्ति पाँच लाख रूपैयाँसम्म असुल गर्ने गरेको तथ्य फेला परेको छ।

वैदेशिक रोजगार विभागले गरेको ‘स्टिङ’ अपरेसनको क्रममा आरबी ओभरसिज नामको म्यानपावरले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुल गरिरहेको तथ्य फेला परेको हो।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले दुबईलाई सरकारले निःशुल्क भिसा र टिकट लागू हुने गन्तव्यको रूपमा वर्गीकरण गरे पनि म्यानपावरले अवैधानिक तवरले ठूलो रकम असुल गरिरहेको तथ्य फेला परेको बताए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्