Logo

घुस खाने लेखाअधिकृत घुस दिने पत्रकार



काठमाडौ, १० पौष । घुस खाने र खुवाउने दुवै राष्ट्रका दुश्मन हुन् भनेर पृथ्वीनारायण शाहले भनेकै हुन् । महालक्ष्मी नगरपालिकामा यस्तै भयो ।

नियमित विज्ञापन लिने एकजना पत्रकार बलाराम वाग्लेको विज्ञापन रोकियो । नगरपालिका स्रोतका अनुसार उनले भ्रष्टाचार भएको भन्दै खोतल्ने चेतावनी दिए । उनको लेखाअधिकृत शिवकुमार घिमिरेसँग यसबारे पटक पटक कुराकानी गरे । सबै टेप रेकर्ड गरेर अख्तियारमा उजूरी गरे । यसैका आधारमा अख्तियारले अपरेशन गर्यो । वाग्लेको नगरपालिकामा राम्रै हिमचिम थियो ।

बुधबार अपरान्ह रकम लिएर पुगेका वाग्लेले लेखाअधिकृत शिवकुमार घिमिरेलाई रकम दिए । घिमिरेले टेबलमा राखेको रकम लेखापाल कुबेर केसीलाई राख्न भन्दा त्यहीं बखत अख्तियारको टोली छापा मार्न पुग्यो । अख्तियारले लामो समय लगाएर मुचुल्का गरेपछि घिमिरे र केसीलाई नियन्त्रणमा लियो ।

अख्तियार दुरुपयोग अनुसन्धानले घिमिरे र केसीले विज्ञापन गरेकोमा दिएको भुक्तानी वापत घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा तीस हजार रुपैयाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot