Logo

सुनको मूल्य पाँच सयले वृद्धि



काठमाडौँ, ११ पुस  : सुनको मूल्य भारी अन्तरले बढेको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ७३ हजारभन्दा माथि पुगेको हो ।

छापावाल सुन प्रतितोला ७३ हजार ३ सय र तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइ रहेको थियो भने शुक्रबार तोलामै पाँच सय रुपैयाँ वृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो ।

सुनको मूल्य वृद्धि भएपनि चाँदीको मूल्य भने स्थिर रहेको जनाइएको छ । बिहीबार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोही मूल्यमा शुक्रबार पनि कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनायको छ ।



प्रतिक्रिया दिनुहोस्