Logo

फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन



पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुर्सरफलाई सुनाएको फाँसीको सजायविरुद्ध पुनरावेदन गरिएको छ । मुर्सरफले फैसलालाई विवादास्पद र मूल्य मान्यता विपरित भन्दै शुक्रबार आफ्ना वकिलमार्फत् पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

१७ डिसेम्बरमा मुर्सरफलाई फाँसीपछि तीन दिन डी चोक भनिने पाकिस्तानी संसद भवन बाहिर झुण्ड्याएर राख्ने फैसला सुनाइएको थियो । उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।

न्यायाधीश वकर सेठले लेखेको फैसलाले सँसारको ध्यान खिचेको थियो । मुर्सरफलाई फाँसी दिई उनको मृत्यु भएपछि घिसार्दै संसद भवन बाहिर लगी तीन दिनसम्म भुण्ड्याउने फैसलामा उल्लेख छ । फैसलापछि मुर्सरफल अस्तालबाट भिडियो सन्देशमार्फत् अदालतको सम्मान गर्ने तर फैसला पूर्वाग्रही र मूल्य मान्यता विपरित भएको बताएका थिए । उनले अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए । उनी दुबईको अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

सन् २०१६ देखि भागेर निर्वासनमा रहेका मुर्सरफ संयुक्त अरब इमिरेट्समा छन् । सैनिक कू पछि पूर्व जनरल मुर्सरफले एक दशक पाकिस्तानमा शासन गरेका थिए । पाकिस्तानका सर्वोच्च अदालतका प्रधानन्यायाधीश इफ्टिकर चौधरीलाई हटाउन खोज्दा विवादमा परी शक्ति क्षीण हुँदै गएको थियो । त्यसपछि उनी भागेर युइए पुगेका थिए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्