Logo

देशभर ठन्डी बढ्यो



काठमाडौ, ११ पौष । देशभर चिसो बढेको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ ।

अधिकांश पहाडी भेग र काठमाडौ उपत्यकामा बिहान तुसारो पर्दा तापक्रम झरेको थियो । हिमाली भेगको केही स्थानमा हिमपात भएको थियो ।

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम तराईमा दिउसो बाक्लो हुस्सु र कुहिरो लागेपनि साँझसम्म हटीसक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पुर्वि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो साँझसम्ममा हटिसक्ने महाशाखाले जनाएको छ । देशैभर बढिरहेको चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सर्तकता अपनाउन हुन पनि जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । photo:mfd



प्रतिक्रिया दिनुहोस्