काठमाडौं, ११ पुष । नेपाल भ्रमण वर्ष तथा सन २०२० लाई मध्यनगर गर्दै बिश्वशान्तिका लागि आगामी जनवरी ३ तारिकका दिन काठमाडौंमा अन्तराष्ट्रिय बौद्ध जप समारोह हुने भएको छ । विश्व शान्ति संघका साथै र बुद्ध धर्म महाविहार लगायतको आयोजनामा सम्मेलन समारोह हुन लागेको शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
दिगो शान्ति, विकास तथा अन्य देशहरुबीच अपनत्व प्रदान गर्नका लागि समारोह आयोजना गरिएको हो । नेपाल बौद्ध धर्मको लागि विशेष महत्वको देश पनि भएको विशेष गरी बुद्धको जन्मस्थल लुम्बिनी भएका कारण यस बर्षको समारोह नेपालमा गर्न लागिएको आयोजकले जनाएको कार्यक्रमका संयोजक एवं बौद्ध गुरु काल्साङ लामाले जानकारी दिए ।
समारोहमा ४१ गुम्वाका एक हजार भिक्षुहरुको सहभागीता रहने र १३ सय अन्य नेपालीहरुको पनि सहभागीता रहने बताइएको छ । समारोहले विश्व नेताहरूलाई शान्ति र विकासको संरक्षणको लागि कदर गर्ने विश्व शान्ति संघका कार्यक्रम व्यवस्थापक इम्यानुयल एस्कोटोले जानकारी दिए ।