Logo

सरकारले कानुन पालना गराउन सकेन : नेपाल | नेतृत्वले अपराध गर्यो : खनाल



पुष ११, काठमाण्डौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफैले बनाएको ऐन नियमको अक्षरस पालना गराउने सन्र्दभमा सरकार दृढताका साथ अघि बढ्न नसकेको गुनासो गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित पारिवारिक निजी बन संघ नेपालको दोश्रो संघीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने, हड्प्ने प्रवृत्तिको अन्त्य गर्ने सवालमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताएका हुन् ।

बद्मासी र कानुन उलंघन गर्ने विरुद्ध राज्य दृष्ढताका साथ अघि बढेमा जनताको पनि साथ पाउने भन्दै उनले सार्वजनिक जग्गा, बन लगायतको अतिक्रमण अन्त्य गरिनुपर्ने धारणा राखे ।

शक्तिशाली सरकार भएकाले बनमाफियाहरुसंग मिलेमतो गर्नेलाई सँजाय दिलाउन अनुकुल वातावरण रहेको भन्दै उनले दिर्घकालिन सोच सहित अघि बढ्न सरकारलाई सुझाव दिए ।

राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारका निर्देशनहरुलाई नमान्ने प्रवृत्ति विगतमा रहेको उनले उल्लेख गरे । कर्मचारीहरुको अटेरी प्रवृत्तिलाई आफु प्रधानमन्त्री भएको समयमा नजिकबाट अनुभव गरेको पनि उनको भनाइर्ए छ ।

अर्का नेता झलनाथ खनालले पार्टी एकीकरणको सम्पुर्ण काम नसकिदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाण्डौमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पुर्व नेकपा एमालेको सबै कमिटीहरुको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले माओवादीसंगको एकीकरण लगत्तै पार्टीका सम्पुर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, ८ लाख बढी कार्यकर्ताहरु २० महिनामा संम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा पार्टीभित्र धमिरा लाग्दै गएको दाबी गरे ।

उनले पार्टीले सरकारलाई ठोस निर्देशन दिन नसकेको आरोप पनि लगाए । सरकारले पार्टी सञ्चालन गर्ने काम भएमा उल्टो दिशामा अघि बढिने भन्दै उनले ‘टाउकोले पुच्छर हल्लाउनु’पर्ने टिप्पणी गरे ।

उनले यथास्थितिबाट माथि उठ्न पनि सरकारलाई सुझाव दिएका छन् । उनले यथास्थितिबाट माथि नउठ्ने हो भने शुसासन कायम हुन नसक्ने र जनताले व्यवस्था परिर्वतनको महसुस गर्न नसक्ने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot