काठमाडौं, ११ पुष । वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतले मुलुकको प्रशासन क्षेत्रको मनोबल उच्च बनाउने बेला आएको बताएका छन्। “प्रशासनिक क्षेत्रको मनोबल तल छ, कृपया मनोबल बढाउन लाग्नुस्, तपाईंहरु अगाडि नबढी देश अगाडि बढ्दैन,” डा रुइतले भने।
शुक्रबार काठमाडौंमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले आफ्नो प्रयासमा सुलभ आई केयर विकास गरेको जानकारी दिँदै अहिले उक्त प्रविधि विकसित मुलुकले प्रयोग गरेको जानकारी दिए। डा रुइतले नेपालमा उत्पादन भएका डाक्टरहरु संसारका डाक्टरसँग कुम मिलाएर प्रस्तुत हुने अवस्थामा पुगेको जिकिर गरे ।
नेपालमा आँखाको लेन्स उत्पादनको काम शुरु गर्दा बाहिर २०० डलर पर्नेमा यहाँ आविष्कार गरेपछि सस्तो भएकाले मोतियाबिन्दुका बिरामीको शल्यक्रियाका लागि ठूलो सहयोग मिलेको उनले बताए । file photo