Logo

सभामुखमा नेकपाको अझै जुटेन सहमति



काठमाडौं, पुस १२। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा शुक्रबारको लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने पहिलो कार्यसूची रहेको शुक्रबारको बैठक उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले १६ गतेका लागि बोलाएकी छन् ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया नै प्रभावित हुनेगरी बैठक स्थगित भएको छ । १६ पुसमा बस्नेगरी प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

‘राजनीतिक सहमति नजुट्दा शुक्रबारको संसद् बैठक स्थगित गर्नुपरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot