Logo

एमसीसीलाई संसदबाट पारित गर्न नदिने प्रचण्डको अडान



काठमाडौं, १२ पुष । सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसीलाई यथास्थितिमा पारित गर्न नदिनेगरि गृहकार्य थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली खेमाले भने जसरीपनि संसदबाट पारित गर्ने तयारी गरेका छन् ।

एमसीसी ईण्डो प्यासिफिक स्ट्राटेजीको अंग भएकोले यसलाई कुनैपनि हालतमा पारित गर्न दिन नहुने नेकपाको अडान छ । अमेरिकाले एमसीसी आईपिएसको अंग नभएको स्पष्ट पारेपछिमात्रै यसलाई स्विकार गर्ने अध्यक्ष दाहालको भनाई छ । आजमात्रै पनि उनले आफ्नो निवासमा आफू निकट केही नेताहरुसँग भेटवार्ता गरेर यही अडान दोहोर्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot