Logo

चिनियाँ नागरिकलाई जापानमा मृत्युदण्ड



एक चिनियाँ नागरिकलाई बिहिबार जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । वी वी नामका ती चिनियाँ चारजना परिवारका सदस्यको हत्यामा दोषी ठहरिएका थिए ।

सन् २००३ मा घटित घटनापछि उनलाई दोषी ठहर गरिएको थियो । गएको एक दशकमा मृत्युदण्डको सजाय पाउने चिनियाँ नागरिक वि वि पहिलो विदेशी हुन् । जापानमा निकै कम मात्रामा मृत्युदण्ड दिइन्छ । सन् १९८९ देखि १९९३ सम्म जापानमा मृत्युदण्ड दिइएन । त्यसअघि र पछि मृत्यु दण्डको सजाय पनि दिइयो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्