काठमाडौं, १४ पुष । वीपी बिचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले कांग्रेसको बारेमा कडा टिप्पणी गरेका छन् । उनले कांग्रेसले पछिल्लो समय बिपीको बिचारलाई आत्मसाथ गर्न नसकेको गुनासो पोखेका छन् । सोमबार वीपी बिचार राष्ट्रिय समाजले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो पोखेका हुन् ।
गुरुङले वीपीको बिचार आत्मसाथ गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भएको पनि बताए । उनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि दलहरुबीचको एकता हुन नसक्दा मुलक कमजोर भएको बताए । उनले नेपाली काँग्रेसभित्र बढ्दै गएको गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त हुने पनि बताए । file photo