Logo

देउवाको निर्णयले पार्टीको हित गर्दैन्, नेताहरुबीच दूरी बढायो



मोरङ, १४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । उनले केन्द्रीय कार्यसमिति बैठकबाट सभापति देउवाले बहुमतका आधारमा निर्णय गरेर गलत गरेको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टीको परम्परालाई तोड्दै सभापति देउवाले बहुमतीय प्रक्रियामा गएर गलत परीपाटी बसालेको बताएका हुन् । सभापतिको यो निर्णयले पार्टीको हित गर्दैन उनले भने, ‘यसले नेताहरुबीचको दूरी झन बढाएको छ ।’

नेता कोइरालाले आपसमा छलफल गरेर केही समयपछि सभापतिको उमेदवार घोषणा गर्ने पनि बताए । कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार एकल कम्युनिस्ट शासनतर्फ जान लागेको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्