काठमाडौँ, १४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले उखु किसानमाथि निजी क्षेत्रबाट सहनै नसकिने गरी अन्याय भएको गुनासो पोखेकी छिन्। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा सांसद वलीले उखु किसानहरु चिनी मिलका मालिकहरुबाट चरम शोषणमा परेको बताएकी हुन् ।
किसानहरुको शोषण गरेर निजी क्षेत्रले गलत सन्देश दिन खोजेको भन्दै उनले ‘किसानलाई दुःख दिएर, उनीहरुको रकम भुक्तानी नदिएर गलत गरेको बताईन् । उनले बजारमा चिनीको माग बढीरहेको अवस्थामा मिलले स्थानीय किसानको वक्यौता नदिएर के सन्देश दिन खोजेको भन्दै प्रश्न उठाईन् ।