काठमाडौं, १४ पुष । नेकपाका राष्ट्रिय सभाका सदस्य बलराम प्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र वर्तमान सरकार असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको र कुनै राष्ट्रको सैन्य अभ्यासमा नेपाल सहभागी नहुने अवस्थामा तत्कालै सरकारले एमसिसीबारे आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताएका छन्।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुनु । उनले काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीले एमसिसी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको विषय सार्वजनिक गरेका अवस्थामा एमसिसीको सहयोग लिने कि नलिने भन्नेमा जटिलता पैदा भएको पनि बताए ।
स्थानीय तहमा जनशक्तिको अभाव
नेकपाका कालीबहादुर मल्लले जनशक्तिको अभावमा बजेट खर्च हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै तत्कालै जनशक्ति परिपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए ।
“स्थानीय तहमा कर्मचारीको अभाव हुँदा जनताले सङ्घीयताको महसुस गर्न सकेका छैनन्, बजेट खर्च हुन सकेको छैन, सुशासनको मात्रा घटेको छ”, कर्मचारीको अभावमा स्थानीय सरकार निष्क्रिय भएको जिकिर गर्दै उनले भने, “छिटो पदपूर्ति हुनुप¥यो कि स्थानीय तहमै कर्मचारी नियुक्ति गर्ने मार्गप्रशस्त गरिदिनुप¥यो ।”
नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले पछिल्लो समय दण्डहीनताको घटनामा वृद्धि भएको छ भन्दै कानून पालनामा कडाइका साथ प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराए।