Logo

नेपालगञ्ज र डुडुवाका विद्यालय चार दिनका लागि बन्द



नेपालगञ्ज, १५ पुस : अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।

ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताए।

यसैबीच, अत्यधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ । उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्पmत टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्