Logo

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णयप्रति नेकपाभित्रै विवाद



काठमाडौं, १५ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपनि सोही दलका सांसदहरु विरोधमा उत्रिएका छन् । प्रदेशको राजधानीमा विवाद आउने भएकैले मुख्यमन्त्री डोरमणि पौडेलले नेकपाबाट निर्णय गराएर अगाडि बढाउन खोजेका थिए । जुन उनकै रणनीति अनुरुप थियो ।

नेकपाले प्रदेश राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि सोही दलका प्रदेश सांसदहरु विरोधमा उत्रिएका छन् । विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, रामेछाप, सिन्धुपाल्चोकलगायत प्रदेशको पहाडी जिल्लाका सांसदहरु विरोधमा उत्रिएका हुन् । विरोधमा नेकपाकै सांसदहरु देखिएका छन् ।

भक्तपुरको प्रदेश सांसदको उपचुनावमा काँग्रेसका कृष्ण भँडेलले प्रदेशको राजधानी भक्तपुर राख्ने एजेन्डा बोक्दा सफलता हासिल गरेका थिए । यसकारण पनि प्रदेशको नाम राजधानी राख्ने निर्णयले अबको चुनावमा ठूलो असर पर्ने भन्दै नेकपाका प्रदेश सांसदहरुले नेतृत्वलाई गम्भीर हुन आग्रह गरेका छन् ।
नेकपाका सांसदहरुले काभ्रे या भक्तपुरमा राजधानी राख्नुपर्नेमा जोड दिदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot