काठमाडौं, १५ पौष । नायिका करिश्मा मानन्धरले कति बेला कोबाट घात हुने हो अनिश्चित छ भन्दै गम्भीर पोष्ट गरेकी छिन् । उनले मंगलबार फेसबुकमा भलाद्मी भनिएकाहरुबाट नै घात हुनसक्ने भन्दै सचेत रहन भनेकी छिन् ।
मानसिक विकृतिहरु बढिरहेको करिश्माको भनाई छ । आजकल पराईबाट नभई आफ्नैबाट धोकाधडी र घाटहरु हुनेगरेको उल्लेख गरेकी छिन् ।
पछिल्लो समय करिश्माले को बाट घात पाइन् ? जसका कारण यस्तो लेखिन् ?
करिश्माको फेसबुक पोष्टः मनिस सभ्यताको विकास संगै मनिसको मानसिक बिकृती पनि बढदै गएको छ । कतिबेलाकोबाट घात हुने हो त्यो अनिश्चित छ । सबैभन्दा आश्चर्य लाग्ने कुरा भनेको ,अझ नजिकका मनिस बाटै येस्ता घातहरु बढी हुनेगरेको अहिले छ्याप्छ्याती समाजमा, खवरहरुमा र सामाजिक संजालमा देख्न र सुन्न पाउछौ ।
यो लेखिरहनुको कारण चाहिँ !
आजकल हुने चोरी , डकैती , धोकाघडी , घातहरु !
चोर , डकैत , धोखेबाज या पराईबाट हुने होइन !
उनिहरुले गर्नेभये त सात तल्चा लगए पनि या आफ्ना भवना लुकाएपनि अस्तित्वनै नरहने गरि फोड्फार
गरेर निमिट्यान बनाउथे । ( उ त हो नै चोर , बदमाश )
तितो सत्य चाहिँ के भने ; आजकल ´ताल्चा `भलादमीहरु को लागि लगाउनु परिरहेको छ ।
तर कसरी थाहापाउने कुन भलादमीको टाउकोभित्रको समयन्त्रमा, कुन समयमा ,कुन नकारात्मक तार कृयाशिल भैरहेको छ ?
सचेत रहौ , सुखी रहौ