काठमाडौं, १५ पुष । नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दिपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदैको यसको लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट पारे । नेपाल विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्य भएको उनको भनाई छ ।
भ्रमण वर्षको मुख्य उद्देश्य भनेको देशभित्रका पर्यटकीय गन्तव्य चिनाउनु रहेको उनले बताए । उनले भने,‘पर्यटनलाई आईसोलेसन गर्नै मिल्दैन् । योसँगै विभिन्न सेक्टर जोडिएका हुन्छन् ।’ उनले भ्रमण वर्ष २०२० को स्रोत बजारमा व्यापक प्रचारप्रसार भएको दाबी गरे ।
मण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘विभिन्न देशका प्लाटफार्ममार्फत प्रचार भएको छ । ट्रेड र कन्जुमर फोकस भएका थियौं । चिनियाँ एक्स–ट्रिपले पनि सहयोग गरेको छ । चिनियाँ नायिका स्वी छिङ जो समर क्विन भनेर परिचित छिन् उनले पनि २ पटक नेपाल भ्रमण गरिन् । उनको अहिलेपनि दुई करोड फलोअर्स छन् ।’ भ्रमण वर्ष सफल बनाउनको लागि व्यापक प्रर्वद्धन भएको सुनाए ।
उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए । उनले भने,‘काठमाडौंका सडकको अवस्था सुधार्नुपर्छ । काठमाडौंमा पर्यटकीय गन्तव्य बनाउनुपर्छ । काठमाडौं उपत्यकाबाहिर समस्या छैन् ।’
पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई दशकको अभियानकै रुपमा अघि बढाउने घोषणा गरेकोले सो कदम प्रशंसनीय भएको सुनाए । उनले भने,‘सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । भ्रमण वर्ष २०२० लक्ष्य प्राप्त हुन्छ ।’ नेपालले पर्यटन क्षेत्रलाई ह्याण्डल गरेको ६० वर्षको ईतिहास भएको सुनाउँदै नेपाल पर्वतीय गन्तव्यबाहेक अरुपनि धेरै कुरा रहेको जोशीको भनाई छ ।
उनले भने,‘हामी कल्चरमा धनी छौं, हेरिटेजमा त्यस्तै छौं, हामीसँग पर्यटकीय गन्तव्यहरु धेरै छन् । यी सबैमा लाईफटाईम एचिभमेन्टको थिममा जानुपर्छ । आउने दशक सोहीअनुसार काम हुन्छ ।’ उनले भ्रमण वर्ष सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए । भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भएको उनले जनाए ।