काठमाडौं, १६ पुस । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेकी छिन। उनले मंगलबार सामाजिक संजाल ट्वीटरमा आफ्ना ४ सुन्दर तस्बिर सेयर गर्दै भ्रमण वर्षको सफलताको शुभकामना दिएकी छिन्।
राजदूत यान्छीले ट्वीटमा लेखेकी छिन, प्राकृतिक सौन्दर्यले सदैव भित्री मनलाई छुन्छ। विविधता, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्न लायक छ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई मेन्सन गर्दै आफ्ना चारवटा तस्बिर पोस्ट गरेकी छिन्।
अन्नपूर्ण पोष्ट्बाट