काठमाडौं, पुस १६ ।बुधबारदेखी अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० शुरु भएको छ । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइदैछ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ । आजै नेपाल भ्रमण बर्ष २०२० को पनि उद्घाटन दिवस परेको छ ।
आज देशभरका नेपालीहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन् । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो । संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ ।