Logo

वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलन



काठमाडौं, पुस १६ । चालु आर्थिक वर्ष ०७६र७७ को चार महिनाको अवधिमा वाणिज्य बंैकहरुले २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

विभिन्न २८ वटा वाणिज्य बैंकहरुले मुद्दती, चल्ती, बचत र कल खातामा उक्त रकम संकलन गरेका वाणिज्य बैंकद्वारा साढे २९ अर्ब निक्षेप संकलनहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले जनाएको छ।

सो अवधीमा सबैभन्दा बढी मुद्दती खाता ९फिक्स्ड डिपोजिट०मा १४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। गत वर्षको कात्तिकसम्म मुद्दती खातामा ११ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन थियो।

बचत र चल्ती खाता भन्दा आकर्षक ब्याज पाउँने भएकाले मुद्दती खातामा बढी रकम जम्मा भएको बैंकहरुले जनाएका छन्।

एसोसियसनका अनुसार चालु आवको चार महिनाको अवधीमा वाणिज्य बैंकहरुको कूल निक्षेपमा ५४।२ प्रतिशत रकम मुद्दती खातामा रहेको छ। गत आवको सोही अवधीमा कूल निक्षेपको मुद्दती खातामा ५२।४० प्रतिशत रकम संकलन भएको थियो।

मुद्दती खातामा सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सबैभन्दा बढी एनआइसी एसिया बैंकले मुद्दती खातामा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्