Logo

उखु किसानलाई एक हप्ताभित्र रकम नतिरे यी उद्दोगी पक्राउ पर्ने (सूचीसहित)



काठमाडौं, १६ पौष । उखु किसानले एक अर्बभन्दा बढी रकम भुक्तानी नपाएको घटना बाहिर आएपछि सरकारले उद्दोगीलाई खोज्न थालेपछि रकम तिर्ने सहमति भएको छ । एक हप्ताभित्र रकम तिर्ने सहमति भएको छ । नतिरेमा प्रहरीले पक्राउ गर्ने भएको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीलाई उखु किसानको रकम नदिने उद्दोगीलाई पक्राउ गर्न निर्देशन दिएपछि उद्दोगी लचिलो बनेका हुन् । तर, रकम नतिरेमा एकैपटक पक्राउ गर्ने बुझिएको छ ।

गृहले केही उद्दोगीलाई उद्दोग मन्त्रालयमा उपस्थित गराउन पत्राचार गरेको थियो । १३ वटा उद्दोगले किसानलाई उखुको रकम दिएका छैनन् ।

चिनी उद्दोग                                        भुक्तानी दिन बाँकी रकम
बाग्मती सुगर मिल, नवलपरासी,                           ८४१४१५८६
लुम्बिनी चिनी उद्दोग प्रा.लि, नवलपरासी                 १०७४८८४७२
इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रा.लि, नवलपरासी ११२२०००००
महाकाली सुगर ई.प्रा.लि., कञ्चनपुर,                      ६२१०७
श्रीराम सुगर्स मिल्स लि., रौतहट                            २६७७७८६२३
रिलाइन्स सुगर एन्ड के.ई. लिं, बारा,                       ६१४९७१४
हिमाल सुगर मिल्स लि., सिराहा,                            २०६४०३८
एभरेस्ट सुगर एन्ड के. ई. प्रा.लि., महोत्तरी,              ७३९८२२७
बाबा बैजुनाथ चिनी उद्दोग, रौतहट                         २५५६५१४
अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रा.लि., सर्लाही, ३००००००००
महालक्ष्मी सुगर इन्डस्ट्रिज प्रा.लि., सर्लाही                २१४०५८२२६



प्रतिक्रिया दिनुहोस्