Logo

एमसीसीका कारण नेकपाभित्र फेरि विवाद



काठमाडौं, १६ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयलाई लिएर विवाद कायमै छ । एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति भएको भन्दै नेकपाभित्रको प्रचण्ड र माधवकुमार नेपाल पक्ष विरोधमा देखिदै आएको छ ।

प्रचण्ड विरोधमा देखिएपनि लचिलो बन्दै गएका छन् । तर, माधवकुमार नेपालले मुखै फोरेर एमसीसीलाई घातक भनेका छन् । नेपाल पक्षका भीम रावल पनि एमसीसीको विरोधमा छन् । नेकपाका विदेश विभाग प्रमुख समेत रहेका माधवकुमार नेपालको पछिल्लो अभिव्यक्तिले तरंग ल्याएको छ । पूर्व प्रधानमन्त्री नेपाल प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको एकपछि अर्को कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । यही अवस्थामा एमसीसीबारे नेपालले ओलीलाई चुनौती नै दिएका छन् ।

५६ अर्ब रुपैयाँको पाँच वर्षीय अन्तरदेशीय प्रसारणलाइनलगायत संरचना निर्माणमा अमेरिकी सहयोग संसदबाट अनुमोदन गर्नुपर्ने हुन्छ । तर, नेकपाभित्रको विवादले सहमति बन्न सकेको छैन । एमसीसीकै कारण नेकपाभित्र विवाद बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot