काठमाडौं, १६ पुष । आजदेखि ‘भिजिट नेपाल २०२०’ सुरू भएको छ । बुधबार विशेष समारोहकाबीच भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू गरिएको हो । उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका मन्त्रीहरु पुगेका थिए ।
‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्ने्छिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन् ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम