काठमाडौं, १६ पौष । इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार मध्यरातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।
प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि भएपछि पेट्रोल १११ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेल ९८ रुपैयाँ पुगेको छ । पछिल्लो तीन महिनामा इन्धनको मूल्य निरन्तर उकालो लागेको छ ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य वृद्धि भएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको आधारमा वृद्धि गरिएको जनाइएको छ । तर, एक देखि दुई रुपैयाँ हुँदै बढाइएको इन्धनको मूल्य सन् २०२० मा पुग्दा निकै माथि चढिसकेको छ ।