काठमाडौं, १७ पौष । काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा भएको छ । अहिले उपत्यकामा मध्यम वर्षा भइरहेको छ ।
वर्षासँगै उपत्यकामा चीसो बढेको छ । विहान देखि उपत्यकाको आकाश बादलले ढाकेको थियो । अपरान्हबाट पानी परेपछि बादल हट्दै जाने अनुमान गरिएको छ ।
हिमाली भूभागमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि महाशाखाले देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरेको थियो ।