Logo

बाजुरामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु



बाजुरा, १७ पौष । जिल्लाको कालापहडामा जीप र्दुघटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज कोल्टीबाट धुलाचौरतर्फ गइरहेको जीप कर्णाली नदीमा खसेको हो ।

बाजुराबाट स्वामीकात्तिक गाउँपालिका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम सिंह साउदले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । से १ ज १०६४ नम्बरको बोलेरो जीप दिउँसो दुर्घटना भएको हो । घटनास्थलमा चारजना घाइते भएका छन् । उनीहरुलाई गम्भीर अवस्थामा उपचारका लागि लगिएको छ ।

साउदका अनुसार सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा जीप देखिएको छ । जीप निकाल्न निकै कठिन छ ।
स्थानीयवासी पदमराज जैसीका अनुसार दुर्घटनास्थलमा उद्धार भइरहेको छ । घटनास्थल जटिल भौगोलिक अवस्थाको भएकाले उद्धारमा कठिनाई भएको छ ।

घटनामा मृतकहरुबारे वृस्तृत विवरण आउन बाँकी छ । –File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot