Logo

बाजुरा जीप दुर्घटनामा हराएकी महिलाको खप्परको हड्डी फेला पर्यो



बाजुरा, १७ पौष । बाजुरा जीप र्दुघटनामा हराइरहेकी महिलाको खप्परको हड्डी फेला परेको छ । घटनास्थलमा रहेका एक प्रहरीका अनुसार हराइरहेकी महिलाको खप्परको हड्डी फेला परेको हो ।

घटनामा मृतकमध्ये चार पुरुष र एक महिला सनाखत भएपनि उनीहरुबारे वृस्तृत विवरण आउन बाँकी छ । घटनास्थलको जटिल भौगोलिक अवस्थाका कारण उद्धार जटिल भएको छ ।

यसअघि बाजुरा जिल्लाको कालापडामा जीप र्दुघटना हुँदा पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो । नौ जना चढेको जीप आज कोल्टीबाट धुलाचौरतर्फ गइरहँदा जीप कर्णाली नदीमा खसेको थियो ।

बाजुराबाट स्वामीकात्तिक गाउँपालिका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम सिंह साउदले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दिउँसो दुर्घटना भएको हो । घटनास्थलमा चारजना घाइते भएका छन् । उनीहरुलाई गम्भीर अवस्थामा उपचारका लागि लगिएको छ ।

साउदका अनुसार सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा जीप देखिएको छ । जीप निकाल्न निकै कठिन छ । स्थानीयवासी पदमराज जैसीका अनुसार दुर्घटनास्थलमा उद्धार भइरहेको छ । घटनास्थल जटिल भौगोलिक अवस्थाको भएकाले उद्धारमा कठिनाई भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot