बाजुरा, १७ पौष । कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएकामध्ये दुईजनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृतकमध्ये दुई पुरुषको सनाखत भएको हो ।
ज्यान गुमाउनेहरुमा हिमाली गाउँपालिका ७ का पवन भण्डारी र जगन्नाथ गाउँपालिका ५ का रमेश शाहीको सनाखत भएको हो । अन्य तीनजनाको सनाखत हुन बाँकी छ । एकजना महिलाको टाउकोको खप्परको हड्डी फेला परेको छ ।
चारजना घाइतेको अवस्था चिन्ताजनक छ । उनीहरुलाई आकस्मिक उपचारका काठमाडौं लान सुर्खेतबाट हेलिकोप्टर मगाइएको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर आउन कठिनाई भएको बुझिएको छ ।-File Photo