Logo

कांग्रेसमा राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई



काठमाडौं, १७ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रिय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने एजेण्डाका साथ बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई जिम्मेवारी दिएको केन्द्रिय सदस्य रमेश लेखकले जानकारी दिए । लेखकले भने,‘आज बसेको केन्द्रिय समितिको बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्