Logo

चुनाव हारेका नारायणकाजी किन सांसद बन्दैछन्



काठमाडौं, १८ पौष । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखाबाट चुनाव हारेपछि पाँच वर्ष कुनैपनि लाभको पदमा नजाने घोषणा गरेका थिए । डा. बाबुराम भट्टराईसँग चुनाव हारेका उनले गरेको घोषणा दुई वर्ष पनि टिकेन ।

श्रेष्ठ राष्ट्रिय सभामा नेकपाका तर्फबाट उम्मेदवार चयन भएका छन् । गण्डकी प्रदेशबाट उम्मेदवार बनेका उनी निर्वाचित हुने निश्चितप्रायः छ । अब उनी सांसदमा मात्र सिमित नहुने विश्लेषण हुनथालेको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ भविष्यमा फेरि उपप्रधानमन्त्री बन्न चाहिरकेका छन् । उनले यसैका लागि पनि मार्ग प्रशस्त गरेको निकटस्थले बताएका छन् ।

नेकपाको सचिवालय सदस्यमध्ये नारायणकाजी श्रेष्ठ र वामदेव गौतम मात्र सांसद छैनन् । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसामु श्रेष्ठ सांसद बन्ने इच्छा राख्दै आएका थिए । अहिले उनको चाहना पूरा गर्ने गरी निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot