Logo

यसकारण वामदेव गौतम राष्ट्रियसभामा नजाने भए



काठमाडौं, १८ पौष । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय सदस्यमध्ये अब वामदेव गौतम मात्र सांसद रहनेछैनन् । नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा जाने तय भइसकेको छ ।

फागुनबाट नेकपा सचिवालय सदस्य मध्ये गौतम एक्ला प्रतिनिधिसभा या राष्ट्रियसभाको सांसद नभएका हुनेछन् । त्यसो त गौतम सांसद बन्न नचाहेका होइनन् । उनलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले सांसद बन्न आग्रह गरेका थिए । गौतमलाई कास्की २ बाट उपचुनाव लड्न ओलीले आग्रह गरेपनि अन्र्तघात हुनसक्ने रिपोर्टिङका आधारमा पछि हटे ।

गौतमले राष्ट्रिय सभा सदस्य बन्न शर्त राखेका थिए । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था बनाइए जाने बताए । त्यसका लागि संविधानमै संशोधन हुनुपर्छ । संविधानमा प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ । चुनाव हारेका मन्त्री या प्रधानमन्त्री बन्न पाउँदैनन् ।
मौका आएमा प्रधानमन्त्री बन्ने दाउमा रहेका गौतमका लागि संविधान बाधक बन्यो । बर्दियामा आफूलाई अन्र्तघात गरी चुनाव हराइएको भन्दै गौतम असन्तुष्ट थिए । ओलीले उपाध्यक्ष बनाउन प्रक्रिया अघि बढाएर थामथुम पारे । राष्ट्रियसभा सदस्य बन्न आग्रह समेत गरे ।

गौतमले सार्वजनिक रुपमै अब आफू उपप्रधामन्त्री हुनका लागि सांसद नहुने बताए । उनले सांसद बन्न पनि शर्त राखे । उनको शर्त पूरा नहुने भयो । त्यसकारण गौतमले तीन वर्ष धैर्य गर्ने निर्णय गरे । राष्ट्रिय सभा सदस्य बन्न तयार भएनन् । उनी नेकपा सचिवालयको बैठकमा प्रस्ताव आएपनि उम्मेदवारको सूचीमा नाम राख्न तयार भएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot