Logo

कतै झरी कतै हिमपात



काठमाडौं, १८ पौष । देशभर वर्षा भएको छ । काठमाडौं उपत्यकामा विहान देखि अविरल वर्षा भइरहेको छ ।

निरन्तरको वर्षाले उपत्यकामा चीसो बढेको छ । जनजीवन प्रभावित भएको छ । मानिसहरु कमैमात्र घरबाट निस्किएका छन् ।

पहाडका सबैजसो जिल्लामा पानी परिरहेको छ । हिमाली र उच्च पहाडी भेगका हिमपात भइरहेको छ । सुदुरपश्चिम र कर्णालीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

तराईमा पनि अविरल वर्षा भइरहेको छ । पूर्वी, मध्य र पश्चिम तराईमा वर्षा भइरहेको हो । वर्षाले चीसो बढेको छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मौसम बदली सँगै वर्षा र हिमपातको सम्भावना रहेको र चीसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आइतबार सम्म वर्षा र हिमपातको सम्भावना रहेकाले चीसो रहने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्