काठमाडौं, १८ पुष । उखु किसानहरुलाई दिनुपर्ने करोडौंको भुक्तानी नदिई फरार रहेको अन्नपूर्ण सुगर मिलका मालिक राकेश कुमार अग्रवाल सरकारको सम्पर्कमा आएका छन् ।
लामो समयदेखि फरार रहेका अग्रवाल हिजोदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएसँगै उनले किसानहरुको भुक्तानी समयमै तिर्ने लिखित प्रतिबद्धतापनि जनाएका छन् ।
मन्त्रालयनिकट स्रोतले दिएको जानकारीअनुसार उनले हिजो र आज गरेर ५० लाख रुपैयाँको भुक्तानी बुझाईसकेका छन् । यही पुष २५ गतेभित्रमा ५ करोड दिने पनि उनको लिखित प्रतिबद्धतामा जनाईएको छ ।
उनले आउने माघ ७ गतेभित्र थप ७ करोड दिने र बाँकी रकम अर्को एक महिनाभित्र तिरिसक्ने प्रतिबद्धता जनाएका छन् ।