Logo

मनाङः स्थानीय जाडो छल्न जिल्लाबाट बाहिर



काठमाडौं, पुस १९ । दुई दिनदेखि लगातार हिउँ पर्दा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ। मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीमा झरेको प्रहरीले जनाएको छ।

मनाङ प्रहरीका अनुसार बिहीबार दिनभर हिउँ परेर बेलुकी रोकिएको थियो। शुक्रबार बिहानबाट पुन हिमपात सुरु भएको प्रहरीको भनाई छ । तापक्रम माइनस ९ डिग्रीमा झरेको र त्यसले जनजीवन प्रभावित भएको छ ।

स्थानीय जाडो छल्न जिल्लाबाट बाहिरिएपछि केही पसले, कर्मचारी र होटलका कामदार तथा एकाध घरका कुरुवाबाहेक गाउँमा समेत मान्छे नभएको प्रहरीले बताएको छ ।धारापानीबाट गाडीमा सदरमुकाम चामे पुग्न एक घण्टा समय लाग्छ।



प्रतिक्रिया दिनुहोस्