काठमाडौं,पुस १९ । सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने २ सय जनाविरुद्ध मुद्दा दायर गरिएको आजको राजधानी दैनिकमा खवर छ ।