Logo

क्षेत्रीय कारागार निमार्णमा ठेकेदारको ढिलासुस्ती



नेपालगन्ज, पुस १९ । पश्चिम नेपालमा क्षेत्रीय कारागार निर्माणको काम ती वर्ष बित्दा पनि पूरा भएको छैन। बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार ठेकेदारको ढिलासुस्तीले अधुरो हुन पुगेको हो। ठेक्का सम्झौता अनुसार ठेकेदारले क्षेत्रीय कारागारको आठावटा ठूला भवन, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यारेक तथा भान्सा, तीन तले प्रशासनिक भवनसहित २५ वटा भौतिक संरचना निर्माण गर्नुपर्नेछ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याट बाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो। २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो। गत कात्तिक ८ गते निर्धारित तीन वर्षको समय गुज्रिसकेको छ।

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जले ६ महिनाअघि जेभीको सात करोड ६ लाख बैंक ग्यारेन्टी तानेको थियो। एकाइका अनुसार जेभीले २५ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन वर्षको अवधिमा पाँचवटा संरचनामा मात्र प्रारम्भिक चरणको पाँच प्रतिशत मात्र काम गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्