काठमाडौं, १९ पौष । मौसमविद् गंगा नगरकोटी अझै केही दिन हिमपात र वर्षाको सम्भावना रहेको अनुमान गर्छिन् । उनीसँग मौसमको अवस्थाबारे ऋषि धमलाले गरेको कुराकानीः
चिसोबारेमा बताउनुस् ?
सामान्यतया देशैभरि बदलीकै अवस्था छ । उच्च पहाडी र उच्च हिमाली भेकमा हल्कादेखि मध्यम खालको हिमपात भयो । मध्य र पूर्वी भू–भागमा हल्का वर्षा भयो ।
देशैभरमा चिसो कत्तिको बढेको छ ?
देशैभरीको कुरा गर्नुपर्दा हिजोबाट न्यूनतम तापक्रम बढिरहेको थियो । हिजोबाट न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ ।
मधेसमा शीत लहर परिरहेको छ कि ?
शीत लहर सबैतिर छैन । तर, तराइका मध्य र पश्चिमी भेकमा हुस्सु र कुहिरो लागिरहेको छ ।
मौसमका कारण देशभर जनजीवन अस्तव्यस्त हो ?
त्यस्तो अस्तव्यस्त त होइन । हुस्सु र कुहिरो लागिरहेको छ, त्यो घाम लाग्दै गएपछि कम हुँदै जान्छ । लगातार दिनभर लाग्ने हुँदैन ।
कतिपय ठाउ्रँमा त सडक पनि अवरुद्ध भएको छ नि ?
पहाडी भू–भागहरुमा सडक अवरुद्ध हुनुका साथै हवाइ यातायात पनि अवरुद्ध भएको छ ।
कतिपय ठाउँका सञ्चार सेवा पनि प्रभावित छ हो ?
कतिपय ठाउँहरुमा बिजुली पुगेको छैन । सोलारबाट मोबाइल चार्जदेखि इन्टरनेट, रेडियो, टिभी चलाउने गरिन्थ्यो । ती ठाउँहरुमा अबरुद्ध भएको छ ।
वर्षा र हिमपातको कुरा गर्दा दुई÷चार जान्छ कि रोकिन्छ ?
हिजो चाहीं हिमपात र वर्षा दुवै भयो । आज चाहीं सफा हुन्छ, भोलिञबाट फेरि पश्चिमे वायुले वर्षा र हिमपात गराउन सक्छ ।
त्यसो भए यसपालिको बाँकी पुस र माघ महिना हिमपात भइरहने भयो होइन ?
हिमपातको सम्भावना अभैm देखिन्छ ।
गतसाल भन्दा यसपटक बढी हो हिमपात ?
गत सालभन्दा अलिकति बढिनै भएको छ ।
छिट्टै मौसम सफा हुन धेरै गाह्रो छ हो ?
लगातार धेरै दिनसम्म सफा हुने देखिएको छैन । मैंले भनिहाले आजलाई सफा छ । भोलिलाई फेरि पश्चिमी वायुको प्रभावले हिमपातको सम्भावना देखिएको छ ।
कति दिनसम्म यो अवस्था रहिरहला अनुमान गर्न सक्नुहुन्छ ?
हामीले तीन दिनभन्दा बढी पूर्वानुमान गर्ने गरेका छैनौं । हिजो चिसो पनि बढीनै भयो, हिमपात पनि भयो । आज देशका अधिकांश स्थानमा सफा भएर घाम लाग्छ । तर, भोलिबाट पश्चिमी भू–भागहरुमा हिमपात हुने र चिसो बढ्ने देखिन्छ ।
देशैभरको अवस्था यही हो ?
हो, देशैभर वर्षा, हिमपात र ठण्डाको प्रकोप केही बढेको जान्छ ।