Logo

प्रेसलाई संकुचन गर्नेगरी ल्याइएको विधेयक मान्य छैन् : महत



काठमाडौं, १९ पुष। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निषेधको राजनीतिले मुलुकको हित नगर्ने बताएका छन् ।

शनिबार ललितपुरमा युवा समाज नेपालले आयोजना गरेको ‘युवासँग संवाद’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारमा संलग्न दलले निषेधको राजनीति देखाएको भन्दै त्यो मुलुकको हितमा नभएको बताए ।

उनले प्रेसलाई संकुचन गर्नेगरी ल्याइएको विधेयक नेपाली कांग्रेसका लागि मान्य नहुने पनि बताए । परिवर्तनको क्षेत्रमा युवाहरुको भूमिका महत्पूर्ण रहेको भन्दै राज्यका महत्वपूर्ण निकायमा युवाहरुको प्रतिनिधित्व आवश्यक रहेकामा उनले जोड दिए । युवाको क्षमताको सही प्रयोग हुन नसकेको भन्दै मुलुकको विकासका लागि युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्